Logo

फेसबुकले ल्यायो ‘भिडियो सर्भिस स्ट्रीमिङ’


काठमाडौं । फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ ।  स्ट्रीमिङ सेवा सञ्चालनमा आएपछि फेसबुक प्रयोगकर्ताले आफूलाई मनपर्ने सेवा छानीछानी प्रयोग गर्न मिल्छ ।

स्ट्रीमिङबाट ठूला ब्रान्ड र नयाँ खेल सजिलै चलाउन सकिन्छ । यसबाहेक न्यूज फिडमा राखिएका समाग्रीहरु सजिलै हेर्न र प्रयोग गर्न सकिन्छ । दर्शकले जुन भिडियोलाई सबैभन्दा बढी हेर्छन् त्यही भिडियोलाई विज्ञापन प्राप्त हुनेछ । स्ट्रीमिङ प्रयोगबाट अहिलेसम्म एकजनाले मात्र फाइदा लिएको फेसबुकले जनाएको छ ।

शुरुमा बेलायत, अमेरिका, आएरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा देखाउने भिडियोमा यस्तो सेवा रहने छ । यसबाट हुने फाइदालाई फेसबुक र भिडियो निर्मातालाई बाँडिनेछ । फेसबुकले ४५ प्रतिशत रकम प्राप्त गर्नेछ भने निर्माताले ५५ प्रतिशत रकम प्राप्त गर्ने छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्