Logo

चिनियाँ कम्पनीद्वारा लगानी गर्न अस्वीकार, किन ?


काठमाडौं । चिनियाँ कम्पनी थ्री गर्जेज पश्चिम सेती जलविद्युत् आयोजनाबाट बाहिरिएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले प्राविधिक, प्रभावित क्षेत्रको पुनर्वासलगायतको कारण लागत महंगो पर्ने जनाउँदै पश्चिम सेती जलविद्युत् आयोजना बनाउन अस्वीकार गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेजले क्षमता घटाएर र ऋण भुक्तानीका लागि अमेरिकी डलरमा उर्जा खरिद सम्झौंता गर्ने प्रस्ताव गर्दा पनि सो आयोजनाको काम अघि बढाउन नसकिने जानकारी बोर्डलाई गराएको बताए । बोर्डले ७ सय ५० मेघावाटको जलविद्युत् आयोजना घटाएर ६ सय मेघावाटको मात्रै बनाउन पनि थ्री गर्जेज कम्पनीसँग प्रस्ताव गरेको थियो । तर कम्पनीले बोर्डसँग मंगलबार र बुधबार छलफल गरी आयोजना अघि बढाउन नसकिने जानकारी गराएको हो ।

१ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको जलविद्युत् आयोजना थ्री गर्जेजको सहायक कम्पनी सिडब्लू इन्टेष्मेन्ट कर्पोरेशन र लगानी बोर्डबीच २०६८ सालमै बनाउने सहमति गरिएको थियो । तर थ्री गर्जेजले महंगो हुने निष्कर्ष निकाल्दै अघि बढाउन नसक्ने जानकारी लगानी बोर्डलाई गराएको हो । यसैबीच, लगानी बोर्डले आयोजना अघि बढाउन आवश्यक निर्णय लिन बोर्ड बैठक बोलाउने भएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहनु भएको बोर्ड बैठकले सम्बन्धमा आवश्यक निर्णय लिने पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

आयोजना नै बन्धक

हालसम्म दुई वटा विदेशी कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजनालाई साढे २३ वर्ष बन्धक बनाएका छन् । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले सन १९९९४ देखि २०११ सम्म आयोजना बनाउने भन्दै होल्ड गरेको थियो । १० पटक म्याद थप्दा पनि स्मेकले आयोजना बनाउन सकेन । स्मेकसँगको समझदारी तोडिएपछि सन् २०१२ मा थ्री गर्जेजले आयोजना निर्माण गर्ने समझदारी बनेको थियो ।

आयोजनामा १ खर्ब २० अर्ब (ब्याजसहति १ खर्ब ७९ अर्ब ) लगानी हुने अनुमान थियो । तर थ्री गर्जेजले पनि विभिन्न बहाना देखाएर सम्झौताअनुसार काम अघि बढाएन । विभिन्न समयमा सरकारसँग भएको छलफलमा नेपालले आयोजा निर्माण अघि बढाउने सर्तमा थ्रीगर्जेजका सर्तहरु मानेपनि अन्त्यमा थ्री गर्जेज आयोजनाबाट बाहिरीने निर्णयमा पुगेको हा । हाल थ्री गर्जेज नेपाल सरकारको आधिकारीक निर्णय पर्खेर बसेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्