Logo

एसिया कप छनोट : युएईविरुद्ध नेपालको व्याटिङ धरासायी


काठमाडाै‌ । एसिया कप छनोटको दोस्रो खेलमा नेपालको ब्याटिङ लाईन धरासायी बनेको छ । युएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४३ रन बनाउन महत्वपुर्ण तीन विकेट गुमाएको छ ।

ज्ञोनन्द्र मल्ल ४ रनमा आउट भएको खेलमा कप्तान पारस खड्का १३ रनमा पेविलियन फर्किएका थिए । सागर पुन ३ रन बनाएर आउट भए ।
ठुलो लक्ष्य पछ्याएको नेपालले मुख्य तीन ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा आएको छ ।

यसअघि, किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।
तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।

यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे । उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।

नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २÷२ विकेट लिए । एसिया कप छनोटको उपाधि भिडन्तमा अगाडी बढ्न नेपाललाई आज जित्नैपर्ने दबाबमा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्