एसबीआई बैंक हेटौंडा शाखामा चोरी
संवाददाता
मकवानपुर । नेपाल एसबीआई बैँक हेटौंडा शाखामा चोरी भएको छ । हेटौंडामा टिसिएनरोडमा रहेको एसबिआई बैँकको सटरमा लगाइएको सबै तालाहरु फुटाइएको अवस्थामा पाइएको हो ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल पुगेको छ । गएराती अज्ञात समूहले बैंकको सटरको ताला फुटाएको जनाइएको छ । बैंकको सेफलगायत अन्यको अवस्थाबारे अहिले केही खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी नरेशकुमार सिंहले प्रहरी घटनास्थल पुगेको र अन्य विवरणहरु आइनसकेको बताएका छन् ।