Logo

एसिया कप : नेपाललाई सुरुवाती झड्का, उपकप्तान र कप्तान आउट !


काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत युएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको नेपालले कप्तान पारस खड्कालाई १६ रनमा गुमाएको हो ।

पारसलाई अहमद राजाले पेभेलियन फर्काएका हुन् ।

योसंगै नेपाललाई निकै दबाब बढेको छ ।

एसिया कप छनोटको दोस्रो खेलमा युएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ ।

नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई ४ रनमा गुमाएकाे छ । मोहमद नाभिडको बलमा ज्ञानेन्द्र आउट भएका छन् ।

यसअघि, किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।

तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।

यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे । उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।

नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २\२ विकेट लिए ।

एसिया कप छनोटको उपाधि भिडन्तमा अगाडी बढ्न नेपाललाई आज जित्नैपर्ने दबाबमा छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्