Logo

युएईद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य प्रस्तुत, जित्ला नेपालाले


काठमाडौं । एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालसामु जितका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।

तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।

यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे ।

उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।

त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए ।

नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २\२ विकेट लिए ।

एसिया कप छनाेटकाे नजिक पुग्न नेपाललाई अाजकाे खेल जित्नै पर्ने दबाब छ ।युएईद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य प्रस्तुत

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्