Logo

मोदी आउँदा देशैभरीका उडान बन्द, काठमाडौंमा हिटडुलमा रोक


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं पुगेका छन् । बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी विहीबार दिउँसो त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

मोदी आउँदा दुईघण्टासम्म देशैभरीका उडान बन्द गरिएका थिए । शैक्षिक संस्थालाई सार्वजनिक विदा दिएको सरकारले सार्वजनिक सवारी पनि जोर–विजोर चलाउन लगाएको छ । सार्वजनिक यातायातका साधन नभएका कारण पैदल यात्रा गर्न बाध्य सर्वसाधारणलाई पनि सडकमै रोकिएका थिए ।

प्रहरीले सर्वसाधारणलाई सडकको दायाँबायाँमै रोकेर रोखेको थियो ।

आज र भोलि काठकाडौंमा हुन लागेको चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु काठमाडौं आएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विहीबार बिहान ८ बजेदेखि साढे १० बजेसम्म उडान अवतरण रोकिएको थियो । दुईघण्टा विमानस्थल बन्द हुँदा पोखरा, बिराटनगर, भरतपुरलगायतका क्षेत्री विमानस्थलहरु पनि प्रभावित भएका थिए । काठमाडौँमा जस्तै देशैभरिका हवाई यात्रुहरु प्रभावित बनेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्