Logo

गुगललाई ‛डोनाल्ड ट्रम्प’को चेतावनी


अहिले विश्व गुगलले चलेको छ । गुुगलले गर्दा विश्व घरको आँगन बनेको विदितै छ । सवैको प्यारो गुगललाई नराम्रो भन्ने कोही छैन । झन् रिसाउनेको त कुरै छोडौ । किन रिसाउनु र गुगलसँग । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने गुगलसँग निकै रिसिएका छन् । आफुविरुद्धका समाचारलाई प्राथमिकताका साथ प्रचार गरेको भन्दै ट्रम्पले आक्रोस पोखेका छन् ।
ट्रम्पले ट्विट गर्दै भनेका छन्–‛गुगलमा ट्रम्प खोजी गरेर हेर्दा झुटो खबर र समाचार मात्र भेटिन्छ । अर्को शब्दमा भन्ने हो भने यिनीहरु पूरै किसिमले कट्टर छन् । यसैले हाम्रा विरुद्ध दिइएका समाचार पूरै खराब खालका हुन्छन् । यस्तो झुटो खबर दिन सीएनएन नम्बर एक छ ।’
सिएनएनले निष्पक्ष सञ्चारमाध्यमलाई चुप गराइदिने ट्रम्पको बुझाई छ । ९६ प्रतिशत सञ्चारमाध्यमले गैह्रकानुनी खबर दिने भन्दै उनले आक्रोस पोखेका छन् । गुगलले परम्परागत असल सञ्चारमाध्यमको आवाज दबाउने काम गरी साँचो खबर पाठकसम्म पुुग्न नदिएको उनको आरोप छ ।

के समाचार पढ्ने र कस्ता समाचार पढाउने भनेर पनि नियन्त्रण गरेको भन्दै अव केही गर्नेपर्ने धारणा उल्लेख गरेका छन् । उनले भनेका छन् ।– ‛यो निकै खतरापूर्ण अवस्था हो र यसका लागि केही गर्नु आवश्यक छ ।’ तर उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजेको आरोप लागेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्