Logo

‛बाजेको सेकुवा’ खुलाउन सर्वोच्चको आदेश


‛बाजेको सेकुवा’ राजधानीमा निकै चर्चित सेकुवा कर्नर हो । यो कर्नरले कम समयमा अस्वभाविक व्यापार गरेको देख्दा सवै चकित हुन्छन् । धेरैलाई रोजगारी पनि दिएको छ । यसको उपत्यकाको ६ स्थानमा साखाहरु खोलिएपनि यो अहिले बन्द छ ।

जब ३३ किलो सुन काण्ड घट्यो तब यसका संचालक चेतन भण्डारीको नाम पनि अनुसन्धानमा फेला पर्यो । यो सँगै बाजेको सेकुवा कर्नरमा सरकारले शिलबन्दी गर्यो । र, चेतनलाई संगठित अपराध ऐनअन्र्तगत सुन तस्करीसँग जोडेर मुद्धा चलाइयो ।

तर अहिले यो सेकुवा कर्नर खुल्ने भएको छ । केही अघि चेतन भण्डारीकी पत्नी नितीमा भण्डारीले रिट दायर गरेकी थिइन । पेशा व्यवसाय गर्न पाउने आफनो संवैधानिक हकमा आघात पुगेको नितीमाले दायर रिटमा उल्लेख गरेकी छिन् ।

सोही रिटमा सुनुवाई गर्दै सर्वोच्चले शिलबन्दी तोड्न सरकारका नाममा आदेश गरेको छ । सवोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवा खोल्न आदेश भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्