Logo

निर्मार्ण क्षेत्रमा पनि कर्मचारी र ठेकेदारको सेटिङ – अध्यक्ष ‛प्रचण्ड’


नेपालका साना–ठूला जुनै क्षेत्रमा पनि सिन्डिकेट छ । झन् निर्माण क्षेत्रमा नहुने कुरै रहेन । सरकारले सकेसम्म सवै सिन्डिकेट अन्त्यको निम्ति केही कदम पनि चालेकै हो । तर त्यसले खासै असर नगरेको कुरा प्रचण्डको अभिव्यत्तिबाट बुझ्न सकिन्छ ।

नेकपाका अध्यक्ष प्रचण्डले निर्माण क्षेत्रमा उच्च तहका सरकारी कर्मचारी र ठूला भनिएका ठेकेदारका कारण नै सिन्डिकेट देखिएको बताएका छन् । उनले भरतपुरमा निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारणसभामा सो कुरा बताएका हुन् ।

निर्माण आयोजनाका टेण्डर जारी गर्ने र टेण्डर पार्ने बीचको स्वार्थ नतोडिएसम्म यस क्षेत्रको सिन्डिकेट अन्त्य नहुने प्रचण्डको भनाई छ । उनले आफनो प्रधानमन्त्रीत्व कालमा सिन्डिकेटबारे बुझ्दा सचिव स्तरसम्मको कर्मचारीको मिलेमतो भेटिएको स्मरण गरे । जे भएपनि यही सरकारले निर्माण क्षेत्रको सिन्डिकेट हटाउने प्रचण्डको दावी रहेको छ ।

समान प्रकृतिको आयोजनालाई प्याकेजको रुपमा लगेर केही ठूला ठेकेदारको मात्र दावी वा पहँुच रहने गरी आह्वान हुनु पनि सिन्डिकेट भएको उनको ठम्याई छ । उनले अब सवै ठेकेदारहरुले खुला रुपमा प्रतिस्पर्धा गरी हरेक आयोजनाको छुट्टाछुट्टै टेण्डर निकाल्नुपर्ने बताएका छन् ।

कर्मचारीतन्त्रमा पाइलै पिच्छे बेथिति रहेको उनको आरोप छ । ठूला–ठूला ठेकेदारले निर्माण क्षेत्रमा एकाधिकार जमाएको भन्दै उनले सिन्डिकेट सवै मिलेर अन्त्य गर्नुपर्ने धारणा राखेका छन् । उनले ठेकेदारको एकाधिकारका कारण साना ठेकेदार मारमा परेको समेत उल्लेख गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्