गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बढ्दो महिला हिंसा र बलात्कारका घट्ना रोक्न अब सरकार कडा हुने बताएका छन् । अन्तरपार्टी महिला सञ्जालको ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । सञ्जालले महिला हिंसा बढेको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
महिला हिंसालाई गम्भिर रुपमा लिई तत्काल कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्रीले बताएका छन् । दोषीलाई उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउन पहल गर्ने बताउँदै थापाले सो अभियानमा हातेमालो गर्न सञ्जाललाई आग्रह समेत गरेका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
