बिमस्टेकलाई सार्कको विकल्पका रुपमा लिन हुँदैन– बावुराम भट्टराई
भोलीदेखि सुुरु बिमस्टेकको चौथौ शिखर सम्मेलबारे बावुराम भट्टराईले आफनो धारणा राखेका छन् । मुलुकको आर्थिक हितका लागि बिमस्टेकको प्रवद्धनमा जोड दिन सरकारलाई सुझाएका उनले यसलाई सार्कको विकल्पका रुपमा लिन नहुने बताएका छन् ।
नयाँ शक्तिका संयोजक भट्टराईले यातायात र सञ्चार तथा लगानी र व्यापार विस्तारका दृष्टिले विमस्टेक अति उपयोगी हुने दावी गरेका छन्् । उनले नेपालको हिमाली अर्थतन्त्रलाई समुन्द्री अर्थतन्त्रसँग जोड्न पनि बिमस्टेकका सदस्य राष्ट्रहरुबीच बलियो सम्बन्ध विकास हुनुपर्ने औल्याएका छन् ।