एसिया कप छनोटमा टस हार्नु नै दुर्भाग्य –टमाटा
एसिया कपको क्रिकेट छनोटमा नेपाल पराजित भएको छ । ओमानसँग बुधवार खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नु परेको हो । ७ विकेटले हारेको नेपालले २२२ रनको लक्ष प्रस्तुत गर्यो । भने ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमायो ।
ओमान टोलीका खेलाडी खवार अलिले तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरेसँगै खेल ओमानको पक्षमा गयो । ३६.४ ओभारमा आउट भएका वैभले मात्रै ४१ रन बनाएका थिए । तर अलीले चौथो विकेटका लागि जिशन मक्दुसँग ७७ रनको साझेदारी गरी ओमनलाई जिताएका थिए ।
बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक लिएपनि सोमपाल कामी, सन्दीप लामिछाने, बसन्त रेग्मी , करण केसी र सागर पुनले विकेट नै लिन सकेनन् ।
हारसँगै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले टस हार्नु नै नेपाल पराजित हुनुको मुख्य कारण रहेको बताएका छन् ।
उनले भने–‛जसले टस जित्छ उसले खेल जित्छ’ व्याटिङ सुधारेर थप ३०-३५ रन जोडेको भए दबाब कम हुने टमाटा बताउँ३५ रन जोडेको भए दबाब कम हुने टमाटा बताउँछन् । व्याटिङमा थप ३०–३५ रन जोड्न चुकेको भन्दै उनले कमजोर फिल्डिङ रहेको बताएका छन् । साथै बलिङमा समेत अनुशासन नदिखिएको बताउँछन् ।