Logo

महोत्तरीका सडक र बजार बन्द


कन्चनपुरको आन्दोलन सेलाउन नपाउँदै फेरि महोत्तरीमा पनि विरोध प्रदर्शन भएको छ । ८ महिने छोरी सोनालीको अपहरण पछि हत्या भएको विरोधमा महोत्तरीको बर्दिवास–औरही –जलेश्वर सडक खण्ड अवरुद्ध गरिएको हो । बजार पूर्ण रुपमा ठप्प भएपछि कुनै सवारी चल्न सकेका छैनन् ।
रक्षाबन्धनको दिन पसलमा सामान किन्ने मान्छेहरु आएको मौका छोपी भरत शाहले बच्चा चोरी गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।
शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो । तर, प्रहरीले भरत शाहलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्