क्रिकेटमा ओमनसँग नेपालको खराब प्रदर्शन
एसिया कप छनोट अन्तर्गतको क्रिकेट प्रतियोगिता मलेसियाको राजधानीमा जारी छ । नेपाल र ओमनबीचको खेलमा टस हारेर पहिले व्यटिङ गरेको नेपालको दोश्रो विकेट पनि गुमेको छ । १५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोश्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो ।
नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रनमा आउट भए भने पारस व्यक्तिगत ८ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन छन् । अर्धशतक नजिक पुगेका ज्ञानेन्द्रले ४४ रन बनाएर खेलीरहेका छन् ।
ऋाफनो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनौट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्षमा नेपाल रहेको छ ।
पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको देखिन्छ । नेपाल र ओमानबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ ।
जसमा नेपाल र ओमनले समान ३–३ पटक जित हात पारेका छन् ।
प्रतियोगितासँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।