#धुवा जिन्दगी
a poetic line by Devv ToNiMi
एक, व्याकुल मनुवा
खोजिरहेछ आफ्नै अस्तित्व
आफै हराएर एक सर्को सिग्रेटको धुवामा।
सकार्न खोजिरहेछ सपना
आफै नारिएर महत्वाकांक्षाको जुवामा।
यात्रा गर्न खोजिरहेछ जिन्दगीको महासागरमा
भ्यागुतो झै उफ्री उफ्री आफ्नो धरातलको कुवामा।
जब सिग्रेटको एक सर्को धुवामा आफै धुवा झै हराएर खोज्दछ आफ्नो अस्तित्व
सायद!
हराईजानेको त नहुदो कसो जो जिन्दगी झै बरालिने धुवाको नि नभए झै अस्तित्व ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
