Logo

सरकारलाई भुटानी शरणार्थी समस्याबारे ज्ञापनपत्र


नेपालस्थित निर्वासित भूटानी शरणार्थी नेता बलराम पौडेल र मानवअधिकारकर्मी डीपी काफ्लेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । शरणार्थी समस्याबारे बिमिस्टेकको सम्मेलनमा छलफल गर्न उक्त पत्र बुझाइएको हो ।

यो समस्या भूटान सरकारले सिर्जना गरेकाले छिमेकी मुलुकमा शरणार्थी हुन बाध्य भएको ज्ञापनपत्रमा भनिएको छ । पत्रमा भनिएको छ–‛‘छिमेकी मुलुकहरुले नै गम्भीर छलफल गरेर यो समस्याको दीर्घकालीन समाधानका लागि भूटानलाई दबाव सिर्जना गरुन् भन्ने हामी चाहन्छौ ।’
तेस्रो मुलुक पुनस्थापनाका क्रममा गएका परिवारसँग छुट्टिनु परेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालमा रहेका शरणार्थीका परिवारलाई बाहिर जान पाँच वषर्चे ट्राभल डकुमेन्टको व्यवस्था हुनुपर्ने उल्लेख छ । शरणार्थीका सन्तानलाई दाता मुुलुकले दिएको सहयोग बन्द भएको अवस्थामा समस्या समाधान नभएसम्म नेपाल सरकारले नै बन्दोबस्तको दायित्व लिन पनि माग गरिएको छ ।

शरणार्थी समस्या समाधानका लागि सरकारले स्थायी कार्यदल गठन गर्नुपर्ने माग समेत गरिएको छ । सम्मेलनमा यी मागहरु प्रवेश गराउन नेपाल सरकारले पहल लिनुपर्ने उल्लेख गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्