Logo

एशियाडमा भलिवल : मंगोलियालाई हराउदै वरियतामा चढ्दै नेपाल


काठमाडौं । वरियता भिडन्तको खेलमा नेपालको राष्ट्रिय पुरुष भलिवल टिमले मंगोलियालाई पराजित गरेको छ । एशियन गेम्स अन्तर्गत आज भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको हो ।

पहिलो सेट २६–२८ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेटको जित निकाल्यो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो सेट २५–१६, तेस्रो ३०–२८ र तेस्रो सेट २५–१९ ले जित्यो ।

योसंगै नेपाली पुरुष भलिवल टिमले एशियन गेम्समा पहिलो जित दर्ता गरेको छ ।

नेपालले अब श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । श्रीलंकालाई जितेको खण्डमा नेपालले १३÷१४ वरियताकालागि प्रतिस्पर्धा गर्नेछ । पराजित भएको खण्डमा नेपालले १५÷१६ औ वरियताकालागि खेल्नेछ ।

समुह चरणका सबै खेलमा पराजित हुदै नेपाल एसियन गेम्सबाट बाहिरिसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्