सप्तकोसीको बाढीले सप्तरीमा डुबान
सप्तकोसीमा आएको बाढीले सप्तरी डुबानमा परेको छ । बाढीले पाँच सय घरहरु डुबाँनमा परेका छन् । यहाँका हनुमाननगर कंकाली नगरपालिकाका तीन सय र तिलाठी–कोइलाडीका दुइसय घरहरु डुबानमा परेका हुन् । बाह्र घण्टा लामो समयसम्म बाढी पसेपछि अहिले मानिसहरु अग्लो स्थानमा बसिरहेका छन् ।
भारतले गतवर्ष नदीमा पाइलट च्यानल गरेपछि नदीको प्राकृतिक धार परिवर्तन भएकाले बस्तीमा बाढी पसेको स्थानीय बताउँछन् । बाढीको अस्थायी नियन्त्रणका लागि बाढी कटान क्षेत्रमा बालुवा भरिएका बोरा राखेर अस्थायी रोकथामको प्रयास भइरहेको छ । डुबानले तीन हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् ।