उपत्यकामा दुई दिन शैक्षिक बिदा
आउने बिहीवार–शुक्रवार राजधानीमा बिमस्टेक सम्मेलन हुँदैछ । यसै अवसरमा सुरक्षार्थ सरकारले उपत्यकामा दुई दिन बिदा दिने घोषणा गरेको छ । आज बसेको शान्ति सुरक्षा महाशाखाका बैठकले दुईदिन विदा दिने निर्णय गरेको हो । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्ण बन्द गरिने भएको छ । आगामी १४ र १५ गतेका लागि बन्द गरिने भएको हो ।
भोलीदेखि ३ दिनसम्म सवारी साधनमा जोर विजोर नम्बरअनुसार सन्चालन हुनेछ । १३ र १५ गते विजोर नम्बरका सवारी साधनहरु चल्नेछन् । भने १४ गते जोर सवारी साधन चलाइनेछन् ।
विमानस्थल एक्लै पुग्न सक्ने कसैले साथी लिएर जाउन पाउने छैनन् । गर्भवती , बच्चा र अशक्तले मात्रै सहयोगी लान पाउनेछन् । विमानस्थल प्रवेश गर्ने यात्रुको सुरक्षा कडा पारिने छ । भित्र प्रवेश गरेकाले पनि बढीमा १५ मिनेटभित्र विमानस्थल छोड्नुपर्ने छ ।