Logo

म्यानमारका राष्ट्रपति काठमाण्डौमा, सुरक्षा व्यवस्था कडा


बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् । मंगलबार दिउँसो आइपुगेका हुन् । उनलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
१४ र १५ गते हुने सम्मेलनमा आउने भीभीआइपीहरुको सुरक्षा व्यवस्था कडा बनाइएको छ । शंकास्पद स्ठाउँहरुमा ४ वटै सुरक्षा निकायले गस्ती र पट्रोलिङ बढाएका छन् ।
सम्मेलनभर करिव ४ हजार शसस्त्र प्रहरी बल परिचालित गरिने छन् । र, १२ हजार बढी नेपाल प्रहरी खटिने छन् । सशस्त्र प्रहरीले पुल, कल्भर्टहरु तथा अग्ला घरहरुको निगरानी गरिरहेका छन् ।
राजधानीका चोकचोकमा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् । उपत्याकाका सवै नाकाहरुमा चेकजाँचलाई कडा पारिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्