Logo

बंशिलाघाट पुल उद्घाटन : ‘बिबाद काण्ड’ ! बनाउने खड्का जस लिने भट्टराई


खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका र उदयपुरको चौडण्डिगढी नगरपालिकाबीचमा पर्ने दूधकोसी नदिमा निर्माण भएको झोलुङ्गे पुल उद्घाटनमा नौटङ्की नाटक मन्चन गरिएको छ ।

झोलुङगे पुल निर्माणपछि भदौ १० गते आईतबार चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राईसहितको टोलिले विधिवतरुपमा उद्घाटन गरे । यसैगरि, भदौ ११ गते सोमबार खोटाङ जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङ जिल्लाका प्रदेश “ख” प्रदेशसभा सदस्य रामकुमार राई “पासाङ”ले पून तामझामका साथ उद्धघाटन गरे ।

२०७३ भदौ २ गते शिलान्यास भएको पुल नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय पूर्वाधार विकास तथा सडक विभागद्वारा निर्माण भएको थियो ।

२०७० सालमा बंशिलाघाटका स्थानीय लालबहादुर राईले बंशालीघाटमा झोलुंगे पुल निर्माणका लागि गरेको माग पत्रमा उदयपुरका संसद तथा तत्कालिन समयका शहरी विकास मन्त्री डा. नारायण खड्काको विशेष पहलमा पुल निर्माणका लागि आबश्यक रकम जुटेको र निर्माण भएको थियो ।
साइन्स टेक इन्फ्राटक्चर डेभलपमेन्ट एन्ड रिसर्च प्रालिले डिजाइन गरेको पुल जगदम्बा शंकरमाली जेभीले निर्माण गरेको हो । २३५ मिटर लम्बाई र १.५ मिटर चौडाई भएको पुलको ८५ मेट्रिक टन क्षमता रहेको छ ।

२०३४ सालमा स्थानीय नयन्द्रबहादुर बिष्टले आफ्नै लगानीमा घिर्नी संचालनमा ल्याइ खोटाङ र उदयपुरका जनतालाई कोसी वारिपारी गर्ने वातावरण बनाएका थिए । दुई बर्षपछि घिर्नी बन्द भएपछि डुङ्गाबाट जोखिम मोलेर नदि वारपार गर्नुपर्ने अबस्था थियो ।

बंशिलाघाटमा पुल निमार्णका लागि डा. नारायण खड्काको आफु स्वकिय सचिव हुँदा खड्काले पहल गरेको र फायल बोकेर जाने आफै भएकोले पुल निर्माणका लागि खड्काको योगदान रहेको हाल उदयपुर चौडण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । उनले भने, “चौडण्डिगढी नगरपालिका र बराहपोखरी गाउँपालिकाको समन्वयमा हामीले पुल उद्घाटन ग¥र्यौ, पून भोलिपल्ट भट्टराई जीहरु आएर उद्घाटन गर्नुभएछ, लाज लाग्नुपर्ने हो उहाँलाई ।”

प्रतिनिधिसभा सदस्य भटटराईसंग यस विषयमा कुरा गर्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन । साथै प्रदेश सभा सदस्य रामकुमार राईसंग पनि सम्पर्क हुन सकेन ।

समाजिक संजालमा भट्टराईको चौतर्फी विरोध

अघिल्लो दिननै विधिवतरुपमा उद्घाटन भएको पुललाई भट्टराईले पून तामझामका साथ उद्घाटन गरेपछि समाजिक संजालमा व्यापक विरोध सुरु भएको छ ।

समाजिक संजालमा “काम गर्ने हनुमान पगरी गुथ्ने ढेडु” भन्दै भट्टराईको चौतर्फी विरोध गरिएको छ ।  अघिल्लो दिननै बिधिवत कार्यक्रम गरी उद्घाटन गरिएको पुल फेरि भट्टराईले किन गरे भन्नेमा यतिखेर खैलाबैला मच्चिएको छ ।

कतिपयले जिल्लाको विकासका लागि सिन्कोसमेत नभाँचेका भट्टराईले जस पाउनका लागि अरुले पारेका योजनालाई आफुले पारेको भन्दै हौवा फिजाएर हिड्ने गरेको भन्दै स्थानीय बुद्धिजीवीहरुले विभिन्न अड्कल काट्न थालेका छ्न ।

पुल निर्माणपछि उद्घाटन भएसंगै खोटाङका दक्षिणीक्षेत्रका स्थानीयलाई उदयपुर हुँदै तराईका जिल्ला जान र आउनका लागि सहज भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्