Logo

स्वच्छ पानीको मापदण्ड बनाऊ–संसदीय समिति


प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले राजधानीका धारामा आउने पानी गुणस्तरहीन रहेको निश्कर्ष निकालेको छ । सो निश्कर्षसँगै समितिले स्वच्छ पानीको मापदण्ड निर्धारण गर्न सरकारलाई निर्देशन गरेको छ । आज बसेको समितिको बैठकले सो व्यवस्था मिलाउन निर्देश गरेको हो ।

समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी निर्धारित मितिमै वितरण गर्न पनि निर्देशन दिएको छ । सुरुङभित्रको काम अझै बाँकी रहेको र निर्माण व्यवसायीको सुस्तता र कमजोर व्यवस्थापनका कारण आयोजनामा ढिलाई भइरहेको समितिको ठहर छ ।

जमिनमुनिको घट्दो पानीको स्तरलाई पुनः नविकरण गर्ने अल्पकालीन र दिर्घकालीन कार्ययोजनासहित काम गर्न, पुराना खानेपानी वितरण प्रणालीको समयमा नै मर्मत सम्भार गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्