Logo

जीवन एक घुम्ती अनेक


  • जनी राई

नेपालको पूर्बी पहाडको एक सामान्य किसान परिवारमा जन्मिएका जीवन कुुमार सानैदेखि सोझो इमान्दार मेहनती परिश्रमी बफादार ब्यक्तिका रुपमा परिचित थिए।उनको बाल्यकाल घाँस दाउरा बनपात गर्दै बितेको थियो।उनले प्रारम्भिक शिक्षा आफ्नै काकाबाट शुरु गरेका थिए।उनी छ बर्षको हुदा उनलाइ उनका आमाले गाउकै प्रा बिमा भर्ना गराइदिए।त्यो बिद्यालयसम्म पुग्न ३ वटा खोलाहरु पार गर्नु पर्ने थियो जहाँ  कुनै पुल पुलेसा थिएन। हिउदको समयमा त्यति खतरा नभएता पनि बर्षातको समयमा डरलाग्दो खोला पहिरो आउने भएकोले बिद्यालय नियमित  जान कठिन थियो।तैपनि मोैसम अनुसार साथीहरुसित उनी पनि बिद्यालय जाने गर्दथे।उनी हरेक परीक्षामा प्रथम हुन्थेत्याहा कक्षा तीन सम्म मात्र पढाइ हुन्थ्यो।कक्षा ४ देखि अर्कै बिद्यालयमा पढ्नु पर्ने थियो।नया बिद्यार्थीलाइ हेप्ने स्वभाबिकै भए पनि शारीरिकरूपमा बलियो जीवनले दमन अत्यचारको प्रतिबाद गरिहाल्थे ।कसैको केही जोर चलदैन थियो।

त्यहा पनि लक्षा७ भन्दा माथि कक्षा थिएन।यहाँ पनि कक्षा७ सम्म प्रथम नै भइरहे।उनी गाउभरि नमूना बिद्यार्थीका रुपमा चिनिन्थे।शिक्षकहरुको प्रेर णाबाट शोषक सामन्तको शोषन दमन सहनु हुन्न भन्ने रा जनैतिक चेतना समेत बिकाास भइसकेको थियो।सो झा सिधालाइ दमन शोषन गर्नेहरुको बिरुद्धमा अभियान मा  समेत जीवन कुमार सक्रिय थिए।७ कक्षापछि गाउँ छोडी अर्कै जिल्लाको माबिमा भर्ना भइ पढ्न थाले।बिहा न ६ बजेघरबाट हिडेर १० बजे बिद्यालय पुगेर बे लुकी ४ बजे छुटेर घर८ बजे पुग्थे।

केही महिनासम्म घरबाटै बिद्यालय धाए पनि सधै
सम्भब नभएकोले त्यही बिद्यालय नजिकै डेरामा बस्नुपर्ने भयो । एक हप्ताको लागि सामल तुमल नून तेल तरकारी सबै घरैबाट एक हप्ताको लागि बोकेर लानु पर्ने बाध्यता थियो। शुक्रबार बेलुकी घर फर्की शनिबार बिहानै फेरि एक हप्ताको सामल बोकी जाने आउने क्रम बर्षोै सम्म चलिरहयो।नि मा बि र मा बि तह बीचको पढाइमा धेरै भिन्नता जीवन कुमारले अवश्य महसूस गरे।कक्षा सात सम्म थोरै बिद्यार्थीहरू बीच हुने प्रतिस्पर्धा कक्षा आठमा धेरै विद्यार्थी बीच अति कठिन थियो।कक्षा सातसम्म सजिलै प्रथम हुने जीवनकुमारलाइ कक्षा आठमा फलामको चिउरा चपाउन सोसरह थियो। किनकि त्यस भेगको एउटै मात्र माबिमा १५/१६ वटा निमाबिबाट प्रथम भइ आएका हरु बीच कडा प्रतिस्पर्धा हुने भएतापनि जीवनकुमारले आफूलाइ अब्बल बिद्यार्थीका रुपमा प्रतिस्थापित गरे।घरबाट बोकेको सातुसामल तिउन तरकारीले नपुगेपछि बाध्यताबस स्थानियहरूसंग मागेर खान परेको अवस्थासमेत जेलेका थिए जीवनकुमारले ।आजकल जस्तो बिजुलीबत्ति नभएकाेले कटारीदेखि बोकेर ल्याइएको मटितेल मध्यबाट छुट्याएर लगिएको मटितेलबाट टुकि बत्ति बाली राती पढ्ने लेख्ने होमवर्क गर्ने गर्थे जीवनकुमारले।दिन हप्ता महिना बर्ष हुँदै समय बित्यो। एसएलसी परीक्षा दिने

समय आयो। पढाइमा अत्यन्तेै कडा प्रतिस्पर्धा थियो।परीक्षामा सामेल भएका मध्य जीवनकुमार सहित जम्मा ४ जना मात्र एसएलसी परीक्षामा उत्क्रिस्ट अंककासाथ उत्क्रिस्ट श्रेकणीमा उतीर्ण भए। एसएलसी परीक्षाको नतिजापश्चात जिल्लाकै एक बिद्यालयबाट पढाउन अनुरोध आयो। जीवन कुमारले कक्षा सातसम्म गणित र बिज्ञान पढाउन थाले।जिल्लाभरि राम्रो शिक्षक साबित भइसकेपछि आफ्नै गाउको बिद्यालय जहाँ जीवनकुमारले कक्षा सातसम्म पढेका थिए त्याहा पढाउनु पर्ने अनुरोध आयो।

सोझो सिधा लप्पनछप्पन नजानेका जीवनकुमारलाइ के थाह हरेक क्षत्रमा राजनीति हुन्छ भनेर।खुरु खुरु जान्थे पढाउथे।बिद्यार्थीहरु सबै सन्तुष्ट भएतापनि जस्तोसुकेै अन्याय अत्याचारको बिरोध गरिरहने जीवनकुमार बिद्यालय संचालक समितिका पदाधिकारीहरु जो तत्कालीन (पंचहरू)को आखामा कसिङगर हुन पुगे फलस्वरूप योग्यता नपुगेको भनी बिद्यालयबाट अबकास दिए। जीवनकुमारलाइ असह्य भयो र सपथ खायो त्यहा उप्रान्त उ र उसका दरसन्तान त्यस बिद्यालयमा नआउने भनी त्यो गाउनै छोडि उच्च शिक्षा हासिल गर्न काठमाण्डोै छिरे जीवनकुमार। नेपाल जादा कपसलसंगै बर्मा जादा कर्मसंगै भने जस्तै भो जीवन कुमारलाइ।काठमाण्डोैभित्र बस्न त्यति सजिलो थिएन।रोजगार पाउन गाह्रो थियो।तर खाने मुखलाइ जुंगाले छेक्दैनभने जस्तै उनको पढने रहर अपूरो रहेन।

पढाइ पूरा गर्न जीवनकुमारले थुप्रै संघर्ष गर्न थाले। आफन्तको शरणमा रहेर विभिन्न काम गर्दै पढ्न थाले।काम गर्ने सिलसिलामा उनले एउटा गार्मेन्टमा काम गर्न थाले। रातभर गार्मेन्टमा प्याकिङको काम अनि दिनभर गार्मेन्ट मालिकको कुकुर गोठालो गर्नुपर्ने कुकुरलाइ नुहाइधुहाइ गरि खाना पकाइ खुवाइ सडकपेटीमा डुलाउन घुमाउन लानु पर्दथ्यो।कैयन पटक उनका गाउले एबं नरनाताले कुकुर डुलाउदै गर्दा भेटेको बेला थुकेको र मुटु रोप्ने नमीठो वचन र हेलाहोचो गरेको कुराले जीवनकुमारको मन अमिलो नभएको होइन तर सुन्दर सपना मनमा कल्पेर आफ्नो लक्षमा पुग्न ती सबै तिरस्कारलाइ वास्तै नगरी सजिलै पचाइदिए।बागमतिको किनारमा बालुवा चाल्ने, ५ धार्नीको घन उचाली कोै को आरनमा रातो तातो तातिएको फलाम चुट्ने काम समेत गरे उनले।कुनैबेला रेस्टुरेन्टमा भाडा माझ्ने र होटल मालिक मालिकनीको लुगाफाटो धोइदिनु पर्ने काम उनका लागि नराम्रो लागेतापनि के गरोस बिचराले।यस्तै गरि कामको सिलसिलामा विभिन्न ट्रेकिङ एजेन्सी मार्फत पर्यटकहरुको भारी बोकी नेपालको विभिन्न स्थलहरुमा भ्रमन गरि बर्षभरि छ महिना सम्म गरेको यात्रालाइ पटक्कै भुल्दैनन जीवनकुमार। यस्तो फिरन्ते अस्थाइ काममा आफ्नो पढाइप्रति ध्यान दिन नसकेता पनि कुनै परीक्षामा अनुतीर्ण हुनु परेको थिएन।

फुर्सदको बेला मात्र क्यामपस जाने जीवनकुमार धनाड्य परिवारमा जन्मी उपत्यकाकै राम्रो नीजि बिद्यालयमा पढेर आएकाहरुको नजरम सामान्य परिवारमा जन्मी सरकारी बिद्यालयबाट शिक्षा लिएका जीवनकुमार पाखे गवार असभ्य देखिन्थे र हरेकपाइला पाइलामा हेपिनु पर्थ्यो तर नियमित कक्षा र ट्युसन कक्षा बिना स्वअध्ययनको भरमा हरेक परीक्षामा उतीर्ण हुन्थे।एबं रीतले दूख: गर्दै स्नाकोत्तरसम्म अध्ययन गर्न सफल भए।कामको सिलसिलामा उपत्यकाकै एक नीजि बिद्यालयमा पढाउने अवसर मिल्यो।एक दुई गर्दै दिन हप्ता महिना हुँदै बिसोै बर्ष बित्यो।सम्पूर्ण जवानी बलबैस, सिर्जनसीलता र उर्जाशील समय सोही बिद्यालयलाइ समर्पण गरे तर अन्तमा अन्तिम महिनाको तलब बुझेर अबकास लिनुपर्ने परिस्थिति सिर्जना भयो।त्यसपश्चात आफ्नै ढंगले चल्ने निर्णयकासाथ ल्याङग्वेज सेन्टर खोली आत्मनिर्भरताको कदम चाल्न पुगे बिचरा जीवनकुमार।

ल्याङग्वेज सेनटरको प्रसिध्दि र आफूभित्रै निहित अनुभबका कारण आफैले नै बिद्यालय सन्चालन गर्ने निधो गरि बिद्यालय संचालन गरे।शुरु शुरूमा केही बर्ष बिद्यालय राम्रै चल्यो प्रसिध्दि कमाउदै गयो तर पछिल्लो समय उनी व्यापक घेराबन्दीमा परे। उनका शत्रुहरू बढ्न थाले।स्थानीयहरुबाट थुप्रै अबरोधहरु खडा हुन थाल्यो।उनका अभिभाबक शिक्षक विद्यार्थी आफन्त साथीभाइ छिमेकी र घरबेटीहरु समेत उनका शत्रुका ग्र्याण्ड डिजाइनभित्र पर्न थाले फलस्वरूप हिजो ज्यान दिन तयार शिक्षक विद्यार्थी अभिभाबक आफन्त साथीभाइ छिमेकी र घरबेटी असहयोग गर्न थाले ।उनीहरुबाट अपेक्षित सहयोगको बदला मानसिक दबाब र व्यापक आर्थिक नाकाबन्दी र सबैखाले असहयोग चारैतिरबाट हुन थाल्यो जसका कारण उनी विभिन्न रोगका सिकार हुन पुगे र शारीरिक रूपमा अशक्त भए। त्यसर्थ जीवनकुमार निब्रित्त जीवन बिताउने निर्णयका साथ सम्पूर्ण कार्य छोडी स्वास्थय निर्माणमा लागेका जीवनकुमार अस्पतालको एक कुनामा बसी भाबी सन्ततिको उज्यालो दिनको कामना गर्दै इश्वरप्रति प्रार्थना गरिरहेको छ।

 

  • जनी राईको ब्लगबाट लिएको हो । 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्