पाहुनाहरु काठमाण्डौ ओर्लिदै
बिहिबार हुने ‛बिमस्टिक’ सम्मेलनका लागि सदस्य मुलुकका राष्ट्र प्रमूख र सरकार प्रमुखहरु काठमाण्डौ आउन लागेका छन् । तर सदस्य मुलुकका परराष्ट्र सचिहरु भने हिजै काठमाण्डौ आइसकेका छन् । सचिवस्तरिय बैठकका लागि उनिहरु सोमबार नै आएका हुन् । बैठकमा बिमस्टेकको तयारी र ऐजेण्डाबारे छलफल गरी तयारी ऐजेण्डाहरुबारे बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । र, बिहीबारबाट सुरु हुने सम्मेलनमा प्रस्तुत गरिने छ ।
आज म्यानमारका राष्ट्रपति विन मिन्ट नपाल आउँदैछन् । आजै नेपाल र म्यानमारका प्रधानमन्त्रीको उपस्थितिमा द्धिपक्षीय बैठक हुनेछ । विमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु पनि आजै काठमाण्डौ आउँदैछन् । सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय वैठकमा उनिहरु सहभागी हुँदैछन् ।
श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत बुधबार काठमाण्डौ आइपुग्नेछन् । भने विहिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगालादेशकी प्रधानमन्त्री शेख हसिना आउनेछन् ।