दिमागको क्षमता बढाउने टिप्सहरु
मनिसको बढ्दो उमेरसँगै स्मरण शक्ति पनि कमजोर हुँदै गएको हुन्छ । सम्झिन खोजेको कुरा झट्टै दिमागमा आउदैन । अहिलेको कुरा अहिले नै विर्सन्छौ । तर हामी आफ्नो मन–मस्तिष्कलाई तन्दुरुस्त बनाई स्वस्थ जिवन जिउँन सक्छौ । यसका धेरै उपायहरु छन् । जुन हाम्रा लागि जिवनपर्यन्त जरुरी छन् । यस्तै टिप्सहरु :
- व्यायाम :
व्यायाम नै मान्छेको जिवन हो । यसले गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क हुन्छ । नयाँ कोसिकाको निर्माण पनि हुन्छ । यदि व्यायाम खुल्ला मैदानमा गरिए यसबाट भिटामिन डि पाइन्छ । जसले दिमाग ताजा र तन्दुरुस्त बनाइरहन्छ । - याद गर्नु :
हामीले जे काम गरिरहेको भएपनि केही कुरा याद गर्ने कोसिस गरिरहनुपर्छ । जस्तै भाषणका तयारी गर्न सकिन्छ । आफ्ना अन्य नोटहरु पनि सम्झन सकिन्छ । यसो गर्दा धेरै समयका लागि स्मरणमा रहने हुन्छ । - भोजनको ख्याल गर्नु :
मस्तिष्कले डोपामाइन केमिकल रिलिज गर्न सकेमात्रै हामीले स्मरण गर्न सक्छौ । हामीले जे खान्छौ, त्यसको २० प्रतिशत अंश सिधै दिमागमा पुग्छ । तसर्थ सन्तुलित भोजनमा विशेष ख्याल गर्नुपर्छ । नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रा खान्की हुन् । - तनावको उपयोग गर्नु :
हामी तनाव नहोस् भन्छौ तर यो मस्तिष्कका लागि महत्वपूर्ण मानिएको छ । तनाव हुँदा दिमागले तत्काल सोच्ने गर्छ । तर यसमा धेरै सोच्न भने हुँदैन, नकारात्मक असर पर्छ । - चुनौतिको खोजी गर्नु :
दिमाग स्वस्थ राख्न चुनौति दिन सिकौ । नयाँ काम र सिर्जना गरेर दिमागी क्षमता बढाउन सकिन्छ । कुनै खेल खेलेर पनि गर्न सकिन्छ । - संगीत सुन्ने गर्नु :
संगीत दिमागलको आधारभूत खुराक हो । गीत सुन्दा वा कुनै बाजा बज्दा हाम्रो पूरा शरिर फुर्तिलो हुन्छ । यसले गुमेको स्मरण शक्तिमा बृद्धि गर्दछ । - सुत्नुअघि पढ्नु :
हामी सुत्दा सकारात्मक सोचका साथ सुत्नु पर्छ । यसका लागि सुत्नु अगाडी किताव पढ्न सकिन्छ । ज्ञानगुनका कार्यहरु गर्नु र हेर्नु जरुरी छ । यसले दिमागका दुई कोसिका जोड्ने काम गर्छ । - सुत्न र उठ्नमा ध्यान दिनु :
बेलुकी चाडैँ सुती बिहानी उज्यालो हुँदै गरेको बेला उठे दिमागलाई ताजा राख्न मद्धत मिल्छ । यदि ५ घण्टा कम सुतियो भने मानसिक रुपमा कमजोर भइन्छ । र, १० घण्टाभन्दा बढी सुत्नुपनि रोग निम्त्याउनु बुझ्नुपर्छ ।