Logo

‛बिमस्टेक’को सम्मेलन तयारीमा ‛नो मिस्टेक’


  • ई.किराती

‛बिमस्टेक’को चौथौँ सम्मेलन हुन १ दिन बाँकि छ । भदौ १४–१५ सम्म काठमाण्डौमा हुने सो सम्मेलन भव्य गर्न सरकार कस्सिएर लागेको छ । यहाँ के भएको छैन, रातारात चमत्कार भएको छ । कुनै नारीले मेकअप गरेजस्तै गरी काठमाण्डौका गोरेटा रंगिएका छन् । सडकका फुटपाथे दृश्यहरु रंगिन पर्दाले छेकिएका छन् । वाह ! काठमाण्डौ ।

आजबाट ‛बिमस्टेक’का ६ सदस्य राष्ट्रका राष्ट्र प्रमखु र सरकार प्रमुखहरु काठमाण्डौ भित्रिदैछन् । तिनै अतिथिहरुको स्वागतका लागि काठमाण्डौको ‛मेकअप’ गरिनु अनौठो कुरो रहेन । तर रातारात यस्तो सम्म हुनुले सवै चकित छन् ।

यहाँ, त्रिभुवन विमानस्थल, नारायणहिटि दरबार, त्रिपुरेश्वर, कान्तिपथ, कलंकीलगायत अन्य ठाउँमा रहरै लाग्दा ५७ वटा स्वागतद्धार ठडिएका छन् । बिमानस्थलदेखि सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल, थापाथलीेदेखि कुपण्डोल हुँदै पाटन दरबार क्षेत्रको सडक सिंगारिएको छ । सडकका फुटपाथहरु रातारात ब्लकले छोपिएका छन् । पोलमा जेलिएको तार हटाइएको छ । अनि हुँदैन् त वाह काठमाण्डौ ?

जे होस् काठमाण्डौ र ललितपुर महानगरपालिका, सरकारी निकायहरु, बैंक, उद्योग वाणिज्य, संस्थान र अन्य निकायहरुले खर्चेका बलले काठमाण्डौमात्र वाह ! भएको छैन । बाहिरबाट आउने अतिथिहरुका मन पनि ढक्क फुल्नेछ । यसो हुनु नेपालीको गर्वको विषय हुनेछ ।

हामी पनि सहजै अनुमान गरौँ न, हाम्रा घरमा कोही पाहुनाहरु आउदैछन् । अब, हामी घर सफा गर्छो । घरका आँगन, बाटाहरु, बगैचा सबै सिंगार्छौ । बसोबासको राम्रो व्यवस्था गर्छौ । परिकारको लिस्ट उतार्छौ । र स्वागतका अनेक ‛एक्सरसाइज’ गर्छौ । कस्ले स्वागत गर्ने ? कसरी स्वागत गर्ने ? के–कसरी बोल्ने ? के–के छलफल गर्ने ? घरका अन्य सदस्यको भूमिका के–के रहने ? के–कस्तो अनुशासन पालना गर्ने ? कसरी बिदाई गर्ने ? सवैको कम्तीमा हामीले तयारी गर्छौ । भलै  औपचारीक रुपमा नगरौला । हो, अहिले राजधानीमा भएको पनि यस्तै हो । अधिकांश जनताले विमस्टेक के–हो ? बुझेका छैनन् । उनिहरुले राजधानीलाई बेहुली बनाएको मात्र हेरिरहेछन् । अब अलि गम्भिर भई के–हो ‛बिमस्टेक’ ? त्यो बुझौ ।

‛बिमस्टेक’ भनेको के–हो ?

  • ‛बिमस्टेक’ भनेको बहुपक्षीय आर्थिक एवं प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयाससम्बन्धी संस्था हो । यो सन् १९९७ मा गठन भएको अन्तरक्षेत्रीय संगठन हो । यो बंगालका खाडी वरिपरिका मुलुकहरुले आपसी सहयोग विस्तार लागि यसको स्थापना गरेका हुन् ।
  • सुरुका संस्थापक सदस्य राष्ट्रहरु बंगालादेश, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड हुन् । यिनै संस्थापक सदस्य राष्ट्रहरुको नामको अक्षरबाट ‛बिमस्टेक’ राखिएको हो । नेपाल र भुटान सन् १९९८ देखि पर्यवेक्षकका रुपमा थिए । भने सन् २००३ मा मात्रै दुवै राष्ट्र यो संगठनमा सम्मिलित भएका हुन् ।
  • म्यामार सदस्य हुनुअगाडि यसको नाम ‛बिस्टेक’ थियो । यसको पहिलो शिखर सम्मेलन ३१ जुलाईदेखि ४ अगस्ट २००४ मा बैंकक भएको थियो । यसै सम्मेलनले यस क्षेत्रलाई स्वतन्त्र व्यापार क्षेत्रमा परिणत गर्ने निर्णय गर्यो । र, सहयोगका १३ क्षेत्रहरुसमेत पहिचान गर्यो । तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ ।
  • त्यस्तै दोश्रो शिखर सम्मेलन २००८ नोभेम्बर १२ र १३ मा दिल्लीमा भयो । यो सम्मेलनले सचिवालय राख्ने, आर्थिक सहयोग, व्यापार विस्तार, आतंकवादविरुद्धको सहयोग, अन्तरदेशीय संगठित अपराध र अवैध लागुपदार्थ ओसारपसार नियन्त्रणका क्षेत्रमा मिलेर काम गर्ने निर्णय गर्यो । र, यस क्षेत्रलाई यातायात सञ्जालबाट जोड्ने र विभिन्न केन्द्रहरुकोे स्थापना गने निर्णय गर्यो । भने नेपालमा पनि पर्यटन प्रबद्र्धन केन्द्र खोलिने निर्णय गर्यो । यो बैठकमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल –प्रचण्डको उपस्थिति थियो । उनले नेपालको जलस्रोतमा लगानी गर्न आहवान गरेका थिए । यो शिखर सम्मेलनमा उर्जा, मौसम र हावापानी तथा सांस्कृतिक उधोगहरुसँग सम्बन्धित बिमिस्टेक केन्द्रको स्थापना जस्ता विषयहरुमा छलफल गरी निर्णय गरिएको थियो ।
  • चौथौँ सम्मेलन नेपालमा हुँदैछ । बिमस्टेकका १६ वटा प्राथमिकता क्षेत्रमध्ये नेपालले ५ क्षेत्रलाई विशेष प्रथमिकतामा राखेको छ । जसअन्तर्गत पहिलो प्राथमिकतामा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) छ र यसमा रेलवे, सडक, विद्युत् प्रसारणलाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइबर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय समावेश छन् ।
    शिखर सम्मेलनमा व्यापार तथा लगानी प्रवद्र्धनका विषय पनि प्राथमिकतामा परेका छन् ।
  • यीनै विषयसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयले तयारी गरेको छ ।
    बिमस्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन जस्ता विषय छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्