Logo

नङग्याइएको देश


  • किराती स्पन्दन

 

एक होटल मालिक्नी
दशौ युवती राखेर
गैरकानुनी रुपमा कोठी चलाउँछ

सक्क्षम नेतृत्व नभएको
एक नेता
देशको चिन्ता गर्न छोडी
खोक्रो राष्ट्रवादको
नारा लगाएर
सुरा-सुन्दरी मै रात दिन झुमिन्छ

एक धार्मिक दलाल
सयौ युवतीलाई अघिपछी लाएर
धर्मको प्रचार प्रसार गर्दै
ढोका-ढोका सम्म पुर्याउँछ
र तिनै युवतीहरुलाई
आफ्नो यौनतृष्ण शान्त पार्न
पटक-पटक बलात्कार गर्छ

सौन्दर्यको नाममा
एक व्यापारी
हजार युवतीहरुलाई
नंग्याउँदै
मोडल प्रतिभा शिर्षक बनाई
बजार-बजारका गल्लीहरुमा पोष्टर टास्दै
आफ्नो ब्यापार संचालन गर्छ

एक फिल्मी निर्देशक
कथाले मागेको दिन सक्ने
हिरोनीको खोजी गर्दै
तिनै हिरोनिको
स्तन र नितम्ब होडिगंबोर्डमा झुण्डाई
आफ्नो फिल्म चलाउँछ

र म
समाज लेख्ने सामान्य
एक लेखक
जाती अतिवादीको उपनाम भिरेर पनि
आफ्नो कलम हरक्षण चलाउँने गर्छु मरे मर्छु ।।।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्