Logo

#कविता #दविएको चीत्कार :देव समीप थुलुङ्ग


 

दबिएको चीत्कार

#देव समीप थुलुङ

चाहे फटाहा लफङ्गा बाट होस
चाहे आदर्शवान पुरुष बाट
जरुर !
एकदिन म डसिनै पर्छ
करणी हुनै पर्छ

 

चाहे दानवको आक्रमण बाट
चाहे समाजको मुल्यमान्यतामा
टुलुटुलु हेर्नुपर्छ मैले
आफ्नै अस्मिता लुटिएको
समाहित हुनैपर्छ मैले
कुनै लोग्ने मानिसको आलिङ्गनमा
तिलान्जलि दिनै पर्छ मैले
जिन्दगीका हजारौं कुरा…

 

आफ्नो कुमारित्व रक्षार्थको खातिर
के स्तन काटेर फालौ?
या गुप्ताङ्क सिलाएर बसौ
अमानवीय खबर सुनेकै छु कतै
ताला लगाइयो भनेर !

 

जव यी दुई अङ्ग रहन्छ मेरो साथ
पुरुषको गिद्धे नजर परिरहन्छ
मेरो नितम्ब र उठेको छातीमा !

 

अवश्य ! एकदिन
वस्त्रबिहिन बनाउनेछ मलाई कसैले
उदाङ्गो हुनेछु म कसैको अगाडि
र समर्पण गर्नेछु आफुलाई
मृत लास सरह
उ खेल्नेछ बाघले सिकार खेले झैँ

 

चाहे सृष्टि चलाउन होस
चाहे तृप्ति प्राप्त गर्न
डस्नेछ मलाई
विषालु साप सरह
र फिजिनेछ म भित्र
उसका विषहरु !
जसले मलाई लठ्याउनेछ
नौ महिना सम्म…
अनि भोग्नेछु प्रसव पीडा
जन्माउनेछु !
एउटा खेलाडी
एउटा खेलौना
एउटा बाघ
एउटा सिकार

 

वस !
पुजिन्छु सृष्टिकर्ता भनेर
जिन्दगीको अन्तिम पाइलामा
तर
मलाई हक हुने छैन सन्तानको
मलाई हक हुने छैन सम्पत्तिको
तै पनि
सिङ्गो जीवन नै चुस्न खटाउछु
सन्ततिलाई !
चुसाएरै रित्याउन चाहन्छु
जिन्दगीलाई !

 

किन कि
म स्वयम ठान्दछु आफुलाई
सृष्टिकर्ता !

 

चाहे फटाहा लफङ्गा बाट होस
चाहे आदर्शवान पुरुष बाट
जरुर !
एकदिन म डसिनै पर्छ
करणी हुनै पर्छ

 

चाहे दानवको आक्रमण बाट
चाहे समाजको मुल्यमान्यतामा
टुलुटुलु हेर्नुपर्छ मैले
आफ्नै अस्मिता लुटिएको
समाहित हुनैपर्छ मैले
कुनै लोग्ने मानिसको आलिङ्गनमा
तिलान्जलि दिनै पर्छ मैले
जिन्दगीका हजारौं कुरा…

 

आफ्नो कुमारित्व रक्षार्थको खातिर
के स्तन काटेर फालौ?
या गुप्ताङ्क सिलाएर बसौ
अमानवीय खबर सुनेकै छु कतै
ताला लगाइयो भनेर !

 

जव यी दुई अङ्ग रहन्छ मेरो साथ
पुरुषको गिद्धे नजर परिरहन्छ
मेरो नितम्ब र उठेको छातीमा !

 

अवश्य ! एकदिन
वस्त्रबिहिन बनाउनेछ मलाई कसैले
उदाङ्गो हुनेछु म कसैको अगाडि
र समर्पण गर्नेछु आफुलाई
मृत लास सरह
उ खेल्नेछ बाघले सिकार खेले झैँ

 

चाहे सृष्टि चलाउन होस
चाहे तृप्ति प्राप्त गर्न
डस्नेछ मलाई
विषालु साप सरह
र फिजिनेछ म भित्र
उसका विषहरु !
जसले मलाई लठ्याउनेछ
नौ महिना सम्म…
अनि भोग्नेछु प्रसव पीडा
जन्माउनेछु !
एउटा खेलाडी
एउटा खेलौना
एउटा बाघ
एउटा सिकार

वस !
पुजिन्छु सृष्टिकर्ता भनेर
जिन्दगीको अन्तिम पाइलामा
तर
मलाई हक हुने छैन सन्तानको
मलाई हक हुने छैन सम्पत्तिको
तै पनि
सिङ्गो जीवन नै चुस्न खटाउछु
सन्ततिलाई !
चुसाएरै रित्याउन चाहन्छु
जिन्दगीलाई !

किन कि
म स्वयम ठान्दछु आफुलाई
सृष्टिकर्ता !

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्