Logo

नेकपाका नेता–कार्यकर्ता तुरुन्त रिहाई गर्नुपर्ने – गोपाल किराती


नेकपा (माओवादी केन्द्र) का संयोजक गोपाल किरातीले विप्लव नेतृत्वको नेता–कार्यकर्ताहरु रिहा गर्न माग गरेका छन् । चन्दा असुली आरोपमा पक्राउ परेका नेकपाका प्रवक्ता ‛प्रकाण्ड’ र बम विस्फोटन लगायत अन्य मुद्धामा पक्राउ परेका सवैको  रिहाई गर्न उनले सरकारसँग माग गरेका हुन् ।

आफ्नो फेसबुक स्टाटसमा सो माग पोष्ट गरेका किरातीले राजनीतिक संवाद गर्न सरकारले वार्ता समिति गठन गरेको सत्य हो भने विप्लव नेकपाका नेताहरुविरुद्ध थोपरेका सवै मुद्धा समेत खारेज गर्न भनेका छन् ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले एमालेसँग एकीकरण गरेपछि माओवादी केन्द्र विघटन भएको घोषणा गर्दै आफैले नेतृत्व गरिरहेका किरातीले  विव्लव नेकपासँग सरकारले तत्काल राजनीतिक व्यवहार गर्नुपर्ने आशय स्टाटसमा राखेको सहजै बुझ्न सकिन्छ ।
सकिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्