Logo

लिना राईको ‘हाम्रो माया हेर्दा हेर्दै’ आयो


काठमाण्डौ । नेपाली साङितिक क्षेत्रमा चर्चित गीतकार लिना राईको शब्द रहेको ‘हाम्रो माया हेर्दा हेर्दै’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई अहिलेका चर्चित गायक गायिका सुजा आले मगर र राम राई बान्तवाले गाएका छन् भने संगीत महेश्वोर तामाङले गरेको छ । दार्जीलिङ खार्सङ मेलोड्री स्टुडियोमा यस गितलाई रेकर्ड गरिएको हो ।

लिना राईले आफनै युट्युव च्यानलबाट सार्वजनिक गरेकी उक्त गीतको भिडियो केहि समयपछि निर्माण गरिने बताएकी छिन् । गीतबाट राम्रै प्रतिक्रिया मिलेको र यहि क्षेत्रमा केहि गर्न उत्साह मिलेको उनले बताईन् ।  माया प्रेममा आधारित गीतले युवापुस्ताको मन जित्ने गीतकार लिनाको विश्वास छ ।

लिना राईले लेखेका अन्य गीतहरु पनि निक्कै रुचाईएको छ । निकै चर्चाको शिखर रहेको गितकार लिना राई खोटाङको राखाबाङ्गदेलमा जन्मेर धरानमा हुर्किएकी हुन । उनि सानै देखी स्कुलमा रुचिको कबिता लेख्दा लेख्दै गितकार भएकी कुरा बताउछिन ।

गितकार राईको पहिला गायीका भन्ने लक्ष्य थियो तर भने जस्तो समय नभए पछी उनि गितकार भएर आज साङितिका आकाशमा चर्चित गीतकार रुपमा रहेकी छिन । गित संगीत बाट जस्तो सुकै दुख र सुखमा सुन्ने गरेको राई, यो बिधा बिना जिबन अधुरो लाग्ने बताउछिन ।

भिडियो हेर्नुस ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्