Logo

आर्थिक दयनीय स्थिति कि सांस्कृतिक विचलन ?


“गाजल लाउन मन लाग्यो किनी देउन साइँला दाइ”

“मलाई ‍‍लाखैको परेलीमा गाजल लाउन मन पर्छ किनी देउन साइँला दाइ,
मलाई दुइ चुल्ठी बाँडेर फुल लाउन मन पर्छ टिपी देउन साइँला दाइ ।”

यो निकै चर्चित गीत हो। टिभीको पर्दामा आज पनि सुनियो, हेरियो। जब जब म यो गीत सुन्छु, तब तब मलाई मूलधारका खस-आर्य नारी कति कमजोर रहेछ भन्ने लागिरहन्छ।

आजको युगमा पनि ‘गाजल’ किन्न समेत केटा (ब्यायफ्रेन्ड) लाई गुहार्न पर्ने। फूल समेत टिपिदिनु पर्ने ! कति दयनीय स्थिति ! यो मुलधारे समुदायको आर्थिक स्थिति हो कि सांस्कृतिक विचलन ? वा दमित मानसिक स्थिति ?

सायद आजभोलिका समाचारहरूमा देखा परेका घटनाहरू यसैको परिणाम त होइन ? किन महिला अधिकारवादीहरू यो र यस्ता गीतहरूप्रति आपत्ति जनाउँदैनन् ?

अझ मलाई तब ताज्जुफ हुन्छ जब भारतीय फिल्मी गीतमा समेत अत्याधुनिक नायिकाले “सपिङ करा दे” भनेर अनुनय विनय गर्दै हिरोको वरिपरि नाच्छिन्।

यो मानसिकताबाट मूलधारमा महिलाहरू मुक्त हुन आवश्यक छ। आदिवासी महिलाहरू पनि यसबाट सजग हुन आवश्यक छ।

 

-फेसबुक वालबाट लिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्