Logo

किराती दर्शन !


  • भाई किराती

सभ्यतालाई किराती भाषामा “वालिम्खा” भन्ने गरिएको छ । यसको शाब्दिक अर्थ “मुल मुहान” (पानी उम्रने ठाउँ) भन्ने हुन्छ । यसर्थ किराती समुदाय पानीको मुहान आसपासमा सभ्य भएका हुन भन्ने कुरा बुझ्नलाई गाह्रो विषय होइन । किराती भाषामा दर्शनलाई मुन्धुम भन्ने गरिएको छ । किराती दर्शन द्वैतवादी दर्शन हो जसले प्रकृति र चेतनालाई मुल सत्ता मानेको पाइन्छ । सर्वप्रथम किराती पुर्खाले सदीयौंको अध्ययन पछि विभिन्न साधनहरुको प्रयोगद्वारा आगोको नयाँ आविष्कार गर्नु मार्क्सवादी दर्शनको द्वन्द्ववादी धारासँग नजीक छ ।
मानव श्रमद्वारा उत्पादनमा निर्भर सामाजिक व्यवस्थाको दृष्टिकोणले समाज विज्ञानको नियममा आधारित छ । त्यस्तै गरी प्रकृति जगतसँग निर्भरताको दृष्टिले दर्शनको भौतिकवादी धारासँग संबंधित छ । तसर्थ किराती नेतृत्वले जुनबेला विकसित राज्य व्यवस्थाको रचनात्मक अवधारणाद्वारा समाज बिकास क्रमको गतिमा अतुलनीय योगदान गरेका थिए भन्ने कुरा प्रति कुनै सन्देह छैन । भलै त्यो सामन्तवादमा आधारित राज्यको उत्पत्ति नै किन नहोस । प्राचीन किराती नेतृत्वले सामन्तवादी राज्य प्रणाली सञ्चालन गर्नु बिल्कुलै नयाँ अभ्यास त थियो नै साथै हरेक दृष्टिले उत्तिकै चुनौतीपूर्ण थियो । किरात सभ्यता चीनिया सभ्यता र दर्शनसँग संबंधित छ ।
                            ”किराती दर्शन ! बैज्ञानिक र मार्क्सवादी दर्शन कसरी ? ”
चीनमा ताओवादले केही द्वन्द्ववादी धारालाई अंगिकार गरेता पनि कालान्तरमा  कफ्युसियसवादले प्राकृतिक नियमलाई राज्य व्यवस्थामा लागु गर्नु खोज्दा त्यहाँ सामन्तवादको बिकास हुनु पुगेको थियो । चीनको राज्य व्यवस्था कन्फ्युसियसवाद ई.पू. ५००,को आधारमा ई.पू. २२१,मा छिङ वंशका किङ-सि-ह्वाङ्ले विभिन्न आफ्नो अस्तित्वमा रहेको कबिलाई राज्यहरु कथित एकीकरण गरी आफूलाई सर्वोच्च शक्तिशाली घोषणा गरेका थिए । उनले करिब १४-१५ वर्ष सम्म सत्ता सञ्चालन गरेको पाइन्छ । जुन समकालीन परिस्थितिमा यहाँ किरात देश अस्तित्वमा छँदैथियो । जुन आधारमा स्थापित भएको चीनिया सामन्तवादी व्यवस्था सदीयौंको अन्तराल पछि माओत्सेतुङ नेतृत्वको चीनिया कम्युनिस्ट आन्दोलनले मात्र अन्त्य गर्न संभव भयो । तर नेपाल अझै त्यो चङ्गुलबाट मुक्त भएको छैन । तसर्थ किरात कालिन राज्य व्यवस्था सामन्तवादमा आधारित थियो भन्ने कुरा स्वत: प्रष्ट छ ।
किराती वंशले नेपालमा जम्मा ७०० वर्ष  सम्म राज्यसत्ता सञ्चालन गरेको कुरा नेपालको इतिहासमा उल्लेख छ । त्यसपछि लिच्छवि वंश आएको कुरा उल्लेख छ । किरात कालिन राज्य व्यवस्था गणराज्य प्रणालीमा आधारित थियो । यस युगमा नीतिगत रुपमा निश्चित केन्द्र रहने र गण-गणलाई अधिकार सम्पन्न बनाइएको हुन्थ्यो । लिच्छवि कालिन राज्य व्यवस्था, किरात कालिन शासन प्रणालीकै नक्कल गर्न खोज्दा छ्ताछुल्ल भयो । जहाँ नीतिगत रुपले गण-गणलाई केन्द्रित अवस्थामै राख्नु असम्भव भयो । र  त्यसबाट बिस्तारै छुट्टै र स्वतन्त्र टुक्रे-राज्यको निर्माण हुनगयो ।
समाज बिकास क्रमको नियम अनुसार पुरानो प्रणालीको अन्त्य गर्दै नयाँ र विकसित व्यवस्थाको स्थापना गर्नु पर्ने थियो । तर त्यो हुन नसक्दा विभिन्न स्वघोषित स्वेच्छाचारी राजा माहाराजाहरुको उत्पत्ति हुन गयो । जस्ले सामन्तवाद झनै मौलाउन पायो । जुन पद्धतिको कारण बाइसी चौबीसी राज्यको बिकास भएको थियो । त्यसरी अलग अलग अस्तित्वमा रहेका टुक्रे राज्यलाई  पृथ्वीनारायण शाहले आफ्नो अधिनमा केन्द्रित त गरे तर उनलेे पनि सानन्तवादी व्यवस्थालाई नै निरन्तरता दिएको कारण देश पुनः दुर्गतिमै फसिरह्यो । यस्तो बर्बर अवस्थामा पनि किराती समुदायले आफ्नो सभ्यतालाई बचाउन सफल भएका थिए । जसलाई पृथ्वीनारायण शाहले पनि किरात भनेर स्वीकार्नु वाध्य थियो । त्यस भन्दा यता नेपालको पूर्वी भेग, चुरे पर्वत उत्तरको पुर्ख्यौली भूमिमा आफ्नो किल्ला निश्चित गरि बसोबास गरे ।
ताजा इतिहासकै रुपमा २००७ सालको महान क्रान्तिलाई लिनु उपयुक्त हुन्छ । जुन आन्दोलन  किरात भूमिबाट संगठित रुपले सञ्चालन गरिएको थियो । आन्दोलनको उद्देश्य राणाशासनको अन्त्य गर्नु थियो । र त्यो  आन्दोलन निर्णायक बन्दै गयो, अन्ततः १०४ वर्षे जहानीया राणाशासनको अन्त्य भयो । जेहोस, एक्काइसौं शताब्दीको उत्तरार्ध सम्म आइपुग्दा हामी केकुरामा बिश्वस्त छौँ भने, राणाशासन अन्त्यको निम्ति घोषित आन्दोलन होस वा राजतन्त्र अन्त्यको निम्ति घोषित जनयुद्धमा होस,  क्रान्तिको बिकास क्रमको हरेक चरणमा  किराती नेतृत्वको चेतना स्तर अग्रगतिमा  देखिन्छन । किराती सभ्यता, इतिहास, दर्शन, बैचारिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक दृष्टिकोणमा प्रष्टता सहित परिवर्तनकारी जाति हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्