गोपी-कृष्णको दौडमा हावापानी बाधक
यो सिजन १८ औँ एसियन खेलकुद प्रतियोगिताको हो । यही प्रतियोगिताबाट छनोटमा परेका टोलीले नै ओलम्पिकमा सहभागी हुन पाउने हो । सो प्रतियोगिता जकार्ता स्थित गेलोरा बुङकार्नो रंगशाला शनिवारदेखि सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपालबाट एथ्लेटिक्स इभेन्टअन्तर्गत दुई धावक गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेत गएका छन् । तर जकार्ताको हावापानीमा राम्रो घुलमिल नभएका कारण दुवैले दौडन सकेनन् ।
उनिहरुले २१.५ किमि.सम्मको हाफ म्याराथुन सहजै दोडे पनि ३० किमि. पार गरेपछि दुुवै थाके । परिणामत ः १ घण्टा ५१ मिनेट २० सेकेण्डमा ३० किमिको दौडपछि गोपीले खेल त्यागे । भने कृष्णले २ घण्टा २३ मिनेट १३ सेकेण्डमा ४० किमि पार गरेपछि दौड त्यागे ।
धावक दुवैले हावापानीका कारण स्वास्थ्य असहज भएकाले दौड पूरा नभएको बताएका छन् । ओलम्पिक छनोटमा छनोट हुने भरोसा राखेका प्रशिक्षक अमिरी यादव अचम्मित र स्तव्ध बनेका छन् ।