नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टी सभापति शेरबहादुर देउवासँग आक्रोशित भएका छन् । पार्टीको महासमिति बैठक समयमै नगरी ३ महिनाका लागि सरेपछि उनले रिस खप्न सकेका छैनन् । आइतवार राजधानीमा पत्रकारहरुसँग उनले पार्टी नेतृत्वलाई असक्षम भनेका छन् । देउवा आफैले भदौमा बैठक गराउने घोषणा गरेको सम्झदै सिंह भन्छन–‘डेट दिने र सार्दै जाने काम भयो ।’ पार्टीलाई विधिसम्मत चलाउन भित्र ठूलै अभियान अघि बढिसकेको भन्दै आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्ने सिंहको दाबी छ ।