नेकपा खोटाङका संभावित नेतृत्व ! को कस्तो प्रतिस्पर्धा ?
देशमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तल्लो तहका कमिटीहरुको एकताले चर्चा पाएको छ । विगत देखिनै कम्युनिष्टहरुको लालकिल्ला मानिने खोटाङमा पनि एकिकृत पार्टीको नेतृत्व लिन नेताहरुआवश्यक गृहकार्यमा जुटिसकेका छन । यतिबेला नेकपा खोटाङको नेतृत्व कस्ले लिने भन्ने बारेमा चारजना नेताहरुको नाम खोटाङका नेता कार्यकर्ताहरु माझ चर्चामा रहेको छ । यसमा साविक नेकपाएमाले) बाट तिन र साविक नेकपा(माओबादी केन्द्र) को तर्फबाट १ जना को नाम चर्चामा रहेका छन ।
साविक नेकपा(माओबादी केन्द्र) ले जिल्ला कमिटीको बैठक द्धारा यदि नेतृत्व आफ्नो भागमा परेमा अध्यक्षमा अहिलेका जिल्ला इञ्चार्ज ध्रुव बुढाथोकी(धिरण) लाई र सचिव आफ्नो भागमा अहिलेका सह–सचिव सुरेश राईलाई बनाउने निर्णय गरिसकेको छ । तर २०७० सालको दोश्रो संविधानसभाको निर्वाचन र ०७४ को स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेको संगठन र जनमत मजबुत भएकाले नेतृत्व एमालेकै पोल्टामा पर्ने संभावना देखिन्छ । खोटाङ नेकपाका संभावित अध्यक्षहरु निम्न रहेका छन ः–
१) धु्रव बुढाथोकी(धिरण) इञ्चार्ज नेकपा(माआबादी केन्द्र) खोटाङ
साविक माओबादी केन्द्र खोटाङको जिल्ला इञ्चार्ज रहेका एक सरल नेताको रुपमा चिनिने धिरण नेकपा खोटाङका अध्यक्षका अर्का प्रत्यासी हुन । सरल र इमारन्दार नेताको रुपमा कार्यकर्तामा घुलमिल हुन चहाने धिरणलाई माओबादी केन्द्रको जिल्ला कमिटीको बैठकद्धारा अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । तर २०६८ सालमा तत्कालिन एमाओबादीमा भएको फुटमा उनि मोहन बैद्य नेतृत्वको नेकपा–माओबादीमा लागेका थिए । पछि राम ब. थापा(बादल) को नेतृत्वमा उनि नेकपामाओबादी केन्द्र) मा फर्किएका थिए । त्यसैले उनिप्रति माओबादी केन्द्रका केहि नेता तथा कार्यकर्ताको असन्तुष्टी रहेको छ । अर्को तर्फ खोटाङ जिल्ला साविक नेकपा(एमाले)को गढको रुपमा रहेको र संगठन र जनमत पनि एमालेकै मजबुत भएको कारणले धिरणले पनि नेतृत्व पाउने संभावना कम देखिन्छ ।
२) राम प्रसाद दंगाल उपाध्यक्ष नेकपा(एमाले) खोटाङ
युवामैत्री नेताको रुपमा परिचित राम प्रसाद दंगाल विशेष गरि युवा नेता तथा कार्यकर्तामाझ लोकप्रिय नेता मानिन्छन । २०७२ को एमालेको छैठौ जिल्ला अधिवेशनमा पनि एमाले खोटाङको अध्यक्षका प्रत्यासी हुन । तर त्यतिबेला गएको बिनासकारी महाभुकम्प र नेता कार्यकर्ताहरुकोसर्वसम्मत नेतृत्व चयनको चहानाको कारणले उपाध्यक्षको जिम्मेवारीमा निर्वाचित भएका दंगाल पार्टी जिल्ला कमिटी को संस्कार अनुसार आँफु सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छन । कुशल संगठक, युवा नेता तथा कार्यकर्ताको साथ र स्थानिय तह वडा कमिटी सम्मका नेता कार्यकर्ताहरु सँग नियमित सम्पर्कमा रहन रुचाउने दंगाल साविक नेकपा(एमाले) मा माधव नेपाल समुहको निकट मानिन्छन । यदि साविक एमालेले पहिलेकै चलन अनुसार सर्वसम्मत रुपमा एक तह बढुवा गरेर नेतृत्व दिने निर्णय गरेमा उनि नेकपा खोटाङको अध्यक्ष बन्ने निश्चित प्राय छ । तर यस पटक एमाले भित्र अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठिन रहेको एमालेका नेता कार्यकर्ता हरु बताउँछन ।
यदि सर्वसम्मत नेतृत्व चयन नभएमा माधव नेपाल खेमा बाट उम्मेदवार हुन सक्दछन । दंगाललाई
प्रदेशसभा सदस्य तथा नेकपा(एमाले) को १ नं. प्रदेश संगठन कमिटी सदस्य माननिय उषाकला राईको समर्थन रहेको छ । उषाकला राई एमाले खोटाङको प्रभावशाली नेतृ मानिन्छिन । कार्यकर्ताहरु माझ लोकप्रिय हुनु दंगालको सकारात्मक पक्ष हो भने स्थानिय तहको निर्वाचनमा प्रभावकारी भुमिका नखेलेको कारणले उनको गृहपालिका दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी हारेको तथा प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रभावकारी भुमिका नखेलेको केही कार्यकर्ताको गुनासो रहेको पाइन्छ । एमाले भित्रका प्रतिस्पर्धीहरु मध्ये प्रवल संभावना भएका बलिया प्रतिस्पर्धी हुन राम प्रसाद दंगाल ।
३) देव विक्रम राई सचिव नेकपा(एमाले) खोटाङ
निष्ठावान र सिद्धान्त प्रेमी नेताको रुपमा आम नेता कार्यकर्ता माझमा आफ्नो छवि बनाएका
साविक नेकपा(एमाले) खोटाङका सचिव देव विक्रम राई नेकपा खोटाङका अर्का अध्यक्षको प्रतिस्पर्धी हुन । उनि अध्यक्ष भएको खण्डमा पार्टी जिल्ला कमिटीलाई कम्युनिष्ट पद्दती अनुसार सञ्चालन गर्ने बताउँछन । हाल नेकपाका नेता तथा कार्यकर्तामा कम्युनिष्ट विचार र दर्शनको सवालमा ज्ञान कम हुँदै गएको, सांगठनिक पद्धतीहरु कमजोर हुँदै गएकोले आँफु अध्यक्ष भएमा ति कमजोरीलाई हटाउने र पार्टीलाई पद्धती अनुसार सञ्चालन गर्ने बताउँछन । उनलाई साविक एमालेका अधिकांश नेता, कार्यकर्ता तथा माओबादी केन्द्रका नेता कार्यकर्ताको समर्थन रहेको छ । साविक एमालेमा संस्थापन खेमाका भनेर चिनिएका राईलाई नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिुभा सदस्य विशाल भट्टराईको समर्थन रहेको छ । पार्टीको आफ्नै भवन(पुष्पलाल स्मृति भवन) निर्माण गर्दा अर्थ संकलन समितीको संयोजकको भुमिकामा रहेर पार्टी कार्यालय निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका राई पार्टी भित्र अनुशाशित र आफ्नो अडानमा कायम रहने नेता मानिन्छन । अहिलेसम्म कुनै विबादमा नपरेको र स्थानिय तहको निर्वाचनमा आफ्नो वडा तथा नगरपालिकामा पार्टीलाई विजयी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरि विजयी बनाउनु उनको सवल पक्ष हो । आम नेता कार्यकर्ता जनसंगठन र जनतामा इमान्दार नेताको छवि कायम गरेर पकड बनाएका राई साविक एमालेको संस्थापन खेमाबाट नेकपा खोटाङको अध्यक्षका एक बलियो प्रतिश्पर्धी हुन ।
४) कुमार आचार्य उप–सचिव नेकपा एमाले खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलका स्थानिय कुमार आचार्य अध्यक्षका अर्का प्रत्यासी हुन । निर्माण व्यवसायी समेत रहेका आचार्य नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य पनि हुन । साविकको पार्टी भित्र संस्थापन खेमाको नेताको रुपमा रहेका आचार्य २०७४ को स्थानिय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका पनि दाबेदार रहेका आचार्य त्यतिबेला आँफुलाई अन्याय भएको कारणले अब पार्टीको नेतृत्व आँफुले पाउनु पर्ने धारणा राख्दछन । विशेष गरि दिक्तेल बजार क्षेत्रमा पकड राख्ने आचार्यलाई नेतृत्वमा पुग्न भने त्यति सहज छैन । उनि भन्दा माथीसचिव र उपाध्यक्षलाई उछिनेर जान पनि संभव जस्तो देखिदैन भने सचिव देव विक्रम राई पनि
संस्थापन पक्षकै रहेकाले पनि संस्थापन पक्षको समर्थन देव विक्रम राई लाईनै रहने देखिन्छ । त्यसैले आचार्यलाई पनि अध्यक्ष बन्न सहज भने हुने छैन ।