आर्सनलको पहिलो जित
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३ – १ गोल अन्तरले हराएर आर्सनलले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नाचो मोनरियल र ड्यानी वेलब्याकले एक एक गोल गरे । आर्सनलले एक गोल आत्मघाती उपहार पाएको थियो । वेष्ट ह्यामका मार्को अर्नौटोभीचले एक गोल गर्दा इसा डिओपले आत्मघाती गोल गरे ।
जितसंगै आर्सनलले ३ खेलबाट ३ अंक जोडेको छ ।
यसअघि आर्सनल म्यानचेस्टर सिटि र चेल्सीसंग पराजित भएको थियो ।