Logo

चेपाङ युवाले हेलिकप्टर बनाएर यसरी उडाए सबैका आँखा र मोबाइल आकाश तिर (भिडियो)


सबैको हेराइ आकाशतिर थियो ।आँखा मात्रै होइन मोबाइल प्रायको आकाशतिरै फर्काएका थिए । घरका छत, सडक, खुला चौरमा आकाशतिर हेर्नेको भीड थियो । मुख्य सडकका गाडीहरु पनि रोकिएका थिए । किनकी आइतबार राप्ती नगरपालिका–२ गड्यौलीका सारोज चेपाङले आफैले निर्माण गरेको प्यरामोटर उडाएका थिए । जुन कुरा उनले बनाउँदै गर्दा धेरैले ओठ फर्काएका थिए ।

स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर सफल परीक्षण गरेका छन् । सफलतापूर्वक प्यारामोटर उडाएपछि उनलाई स्थानीयले फूलामाला र अबिर लगाएर बधाइ दिएका थिए ।

आर्थिक अभावकाबीच निकै लामो समयपछि सरोजले प्याराग्लाइडिङ निर्माण गरेका थिए । सरोजले राप्ती नगरपालिकाको पिप्ले, भण्डारालगायत क्षेत्रको आकाशमा करिब आधा घन्टा प्यारामोटर उडाएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब ४ किलोमिटर दक्षिणतर्फ राप्ती बगरमा परीक्षणका क्रममा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।

सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए । सरोजले एक महिना लगाएर एक्लैले प्यरामोटर निर्माण गरेको हुन् । प्यारामोटर निर्माण गर्न १४९ सीसीको मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच, ब्याट्री । स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताए ।

यसरी उडाए सरोज चेपाङ्गले हेलिकोप्टर भिडियो:

आफ्नै प्रयासमा

उडान पश्चात सरोज चेपाङले अहिलेसम्म कुनै व्यक्ति तथा सरकारी र गैरसरकारी संघसंस्थाबाट सहयोग नपाएको बताए । सरोजले आफ्नै लगानीमा स्थानीय स्रोतसाधनबाट निर्माण गरेर प्यारामोटर बनाएका हुन् ।

औपचारिक शिक्षा कम भए पनि तेज दिमागका कारण प्राविधिक क्षेत्रमा उनी अघि बढिरहेका छन् । पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले ।

त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । निर्माण कार्य सकिँदा करिब डेढ क्विन्टलको जहाज बन्ने उनले बताए । जहाज बनाउनका लागि उनले कच्चा पदार्थ, काठमाडौं, नारायणगढ र वीरगञ्जदेखि ल्याउने गरेका छन् । गाडी चलाउनदेखि, वेल्डिङ, वाएरिङका कामसमेत उनले जानेका छन् । उनले बनाउँदै गरेको प्लेन हेर्नकै लागि अहिले दैनिक करिब २०० आउने गरेका छन् ।

जहाज बनाउँदै सरोज
प्याराग्लाइडिङ अघि निर्माण सुरू गरिएको सानो जहाजको काम अन्तिम चरणमा पुगे पनि ठूलो इन्जिन खरिद गर्न पैसा नहुँदा उनले जहाजको पाटपूर्जा खोलेर राखेका छन् । कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले जहाज निर्माणका लागि पाँच लाख भन्दा खर्च गरिसकेका छन् ।

दुई जना चढ्न मिल्ने जहाज बनाउने सोँचका साथ काममा छन् । ‘सुरक्षित रुपमा प्लेन उडाउन ठूलो इन्जिन आवश्यक पर्छ सरोजले भने, ‘तर आर्थिक अभावका कारण निर्माणको काममा अवरोध आएको छ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्