Logo

‘राष्ट्रीय पहिचानबादी मोर्चा’ गठन, पहिचानको लागि आन्दोलन गर्दै


मुन्धुमस्टार

काठमाण्डौ- ने.क. पा. (माओवादी केन्द्र)ले ‘राष्ट्रीय पहिचानबादी मोर्चा’ तिलक थापा मगरको सयोजकत्वमा गठन गरेको छ । ‘राष्ट्रीय पहिचानबादी मोर्चा’ले उत्पीडित जाती र पहिचान पक्षधर सँग मिलेर पहिचानको मुद्दामा मोर्चाबन्धि, अन्तरक्रीय, छलपल, बहस र निर्ष्कर्ष सहितको आन्दोलन सम्म गर्नका लागी यो मोर्चा गठन गरिएको कुरा सयोजक तिलक थापा मगरले बताए ।

मौलिक हक सम्बन्धित कानुन भदौ २० गतेसम्म गरी कार्यन्वयन गरिनु पर्ने छ । देशमा भईरहेको राजनितिक निर्णयमा पहिचान सहित प्रदेशको नाम राख्नका लागी र पहिचानको अधिकार स्थापित गर्न यो मोर्चाले महत्वपुर्ण भूमिका खेल्ने छ ।

सयोजक मगरले  थपे, राज्य पक्षबाट त्यस कार्यको ढिलाई गरी कार्यन्वयन नगर्ने देखिन्छ, त्यस सम्बन्धी रचनात्मक बिरोध गर्दै कार्यन्वयन गर्न पहल गरिने छ ।

गण्डक प्रदेशको नामकरणको सशक्त बिरोध गर्दै तमुवान-मगरात प्रदेश हुनुपर्ने माग उठाउदै पहिचान सहित नाम राख्ने जोड गरिने छ । गण्डक प्रदेशको नाम त्यहाँको प्रदेश सभाले खारेजी गरी मगरात-तमुवान प्रदेश नाम राख्न पहल गरिने छ । अझ अरु प्रदेश पनि पहिचान सहितको नाम राख्दै जाने अभियान गर्ने नभएको खण्डमा आन्दोलन गर्ने मोर्चाको उद्देश्य रहेको छ ।

उत्पीडित जाति, मधेशि, जनजाती लगायतको पहिचानको मुद्दालाई कार्यन्वयन गरी अघी बढ्नका नै यो मोर्चा खडा भएको देखिन्छ ।

प्रचण्ड लगायतको समुहले ने. क. पा. (माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको  विचार, भावना र इतिहासको एकीकृत निरन्तरता  गर्दै ‘माओबाद र पहिचान’को लागी रक्षा, प्रयोग र बिकास गर्नको लागी ने. क. पा. (माओवादी केन्द्र) पार्टी गोपाल किरातीको नेतृत्वमा रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्