Logo

मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात


कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।

कत्लकी रातमा के सम्म हुन्छ ?

एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी रातले मधेसमा उम्मेदवारहरुको बेचैनी बढाइदिएको छ । किनकि मौन अवधिका अन्तिम दुई सातले सम्भावित नतिजा बदल्ने गर्छन् ।

दारु मांस, ढौवा कौडी

चुनाव प्रचारको अन्तिम क्षणमा धनुषाको मुसरनिया पुगेका राजपा नेता राजेन्द्र महतोले कत्लकी रातबाट जागा बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । दारु मांस, ढौवा कौडी लिएर आउनेहरुलाई जसरी पनि रोक्नू ।

त्यसपछि उनले जनतालाई भने- हामी मधेसीहरु किन पछि पर्‍यौं भने आफ्नै कारण पछि परेका हौं । चुनावको एक दिनअघि जसले दारु, मासु र ढौवा कौडी दिन्छ उसैलाई भोट दिएर जिताउँछौं । भोट किनेर जितेको मान्छेले तपाईको कुरा किन सुन्छ ?

मौन अवधिमा मधेसमा भित्री बस्तीहरुमा मासु भात, रक्सी र पैसाको चलखेल शुरु भइसकेको छ । कत्ल की रातसम्म हरेक दिन भोजभतेर चल्नु् सामान्य रहेको महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डल बताउँछन् । एउटा पक्षले भोज भतेर थालेपछि अर्कोले नगरी सुखै छैन ।

हामी सिरहाको कल्याणपुर पुग्दा स्कूल पछाडि खाली जमिनमा ठूलो भोजभतेरको तयारी भइरहेको थियो । ८० किलो मासु अर्डर गरिसकेको भन्दै एकजना व्यवसायी बजारमा मासु खोज्दै हिँडिरहेका थिए । दिउँसो खाना पकाएर तयार पारिएपछि कसैले गाडीमा राखेर अन्तै लगेर खुवाउछन् भने कसैले त्यहीँ गाउँले जम्मा गरेर भोज लगाउँछन् ।

कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य नै हुने गरेको छ । दलहरुले अलग-अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न पाउँछन् ।

चुनावको अघिल्लो रात कतिपय बस्तिमा रातारात उम्मेदवारले महिलालाई सारी बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्