Logo

मेस्सीले बार्सिलाेना छाेड्दा स्पेनमा रहेकाे अर्बाैंकाे सम्पती के गर्लान? कति सम्पती हेर्नुहोस  !

एजेन्सी-अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छोड्नका लागि निवेदन गरिसकेका छन् । अहिलेसम्मको पूरा करियर बार्सिलोनामा विताएका मेस्सीले क्लब छोडेमा म्यान्चेष्टरका दुईवटा क्लब, पीएसजी, इन्टरमिलानले अनुबन्ध गर्ने इच्छा ब्यक्त गरेका छन् ।

मेस्सीले क्लब छोड्दै गर्दा उनले अरु धेरै कुरा पछि छोडेर जानु पर्नेछ । मेस्सीले अरवौंको सम्पत्ती छोड्नु पर्नेछ । पहिलो कुरा उनले आफू बस्दै आएको घर छोड्नु पर्नेछ । ‘नो फ्लाई जोन’मा रहेको उनको घरबाट समुद्रको सुन्दर दृष्य देख्न सकिन्छ । त्यो घरको मुल्य ५५ लाख पाउण्ड छ । यतिमात्र होइन, उनले आफ्नो गोपनियताका लागि छिमेकीमा रहेका घर पनि किनेका छन् । छिमेकीले हल्ला गर्ने भएकाले उनीहरुको सम्पत्ती पनि किनेका हुन् ।

मेस्सीले बार्सिलाेना छाेड्दा स्पेनमा रहेकाे अर्बाैंकाे सम्पती के गर्लान? कति सम्पती हेर्नुहोस  !

नोउ क्याम्पबाट २० किलोमिटरको दूरीमा उनको घर छ । जहाँ उनले सानो मैदान, पौडी पोखरी, जिम र तीन जना बच्चाहरुका लागि पनि खेल्ने स्थान बनाएका छन् । विहान उठ्ने वित्तिकै समुद्रको सुन्दर दृष्य देख्न पाइन्छ । त्यसै दृष्य म्यान्चेष्टर, पेरिस वा लण्डनमा सम्भव छैन । लुइस स्वारेज र फिलिपे काउटिन्होको घर पनि उनको नजिकै छ ।

मेस्सीले बार्सिलाेना छाेड्दा स्पेनमा रहेकाे अर्बाैंकाे सम्पती के गर्लान? कति सम्पती हेर्नुहोस  !

बार्सिलोना युरोपको प्रमुख पर्यटकीय गन्तब्यमध्येको उत्कृष्ट स्थान हो । मेस्सीले पनि एउटा होटलमा लगानी गरेका छन् । उनले सिट्गेस भन्ने स्थानमा दुई करोड २६ लाख पाउण्डको होटल किनेका छन् । चार तारे सो होटलको नाम होटल मिम सिट्गेट्स हो, जुन समुद्रबाट मात्र एक सय मिटरको दूरीमा छ । सो होटलमा ७७ वटा कोठा छन् । सो होटलमा एक सुतेको एक सय पाँच पाउण्ड मूल्य छ ।

मेस्सीले बार्सिलाेना छाेड्दा स्पेनमा रहेकाे अर्बाैंकाे सम्पती के गर्लान? कति सम्पती हेर्नुहोस  !

रुफ टपमा पनि सुन्दर र आलिसान बार छ, जहाँबाट मेडिटेरेनियन सीको सुन्दर दृष्य देख्न सकिन्छ । मेस्सीसँग भएका कारहरुको कुल मूल्य ३१ करोड पाउण्ड छ । ती कारहरुलाई उनले आफू भएको स्थानमा लैजान सक्नेछन् । मेस्सीको करियर र योहान ग्याम्पर प्रशिक्षण मैदानसँग जोडिएको छ । सन् २००९ देखि बार्सिलोनाले यो मैदानमा प्रशिक्षण गर्दै आएको छ । यहाँ आठ वटा मैदानहरु छन् । जहाँ फुटबल बाहेकका अन्य खेलकुद गतिविधि पनि संचालन गर्न सकिन्छ । प्रशिक्षणपछि मेस्सीसँगै बार्सिलोनाका खेलाडीहरु जिम, साउना, पौडी पोखरीको सुविधा उपभोग गर्ने गरेका छन् । ( नेपाली मिडिया तथा एजेन्सिको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्